नक्कली लालपुर्जा जारी आरोपमा मालपोत अधिकृतसहित २ पक्राउ

शुक्रबार, ०९ साउन २०८२

बुटवल : मालपोत कार्यालय बुटवलका अधिकृत घनश्याम अर्यालसहित आज शुक्रबार दुई जना पक्राउ परेका छन् ।
सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगली सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो ।

 जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् ।

 घटनामा संलग्न केही अन्य मालपोत कर्मचारी फरार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सापकोटाले बताए ।
स्रोतका अनुसार उनीहरूले ठूलो रकम लिएर सरकारी जग्गाको कृत्रिम (नक्कली) लालपुर्जा बनाइ वितरण गरेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार