भारतबाट भन्सार छली गरी नेपाल ल्याउदै गरेको लत्ता कपडा र मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लियो

शुक्रबार, ०९ साउन २०८२

धरान  : भारतबाट भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको करिब ५ लाख रुपैयाँभन्दा बढीको लत्ता कपडा र मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

 सुनसरीको गढी गाउँपालिका–२, भमरी इँट्टाभट्टा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेडक्वाटर सुनसरीबाट खटिएको १० जनाको मोबाइल गस्ती टोलीले साँझ ६ बजे उक्त अवैध सामान नियन्त्रणमा लिएको हो ।

 सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार,भारतबाट सुपर स्प्लेण्डर मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको लत्ता कपडा र मोटरसाइकल सहित रु ५ लाख ३३ हजार ७०० बराबरको सामान बरामद गरेको छ ।

 उक्त घटनामा संलग्न व्यक्ति सामान र मोटरसाइकल छोडेर फरार भएका छन् । प्रदेश १–०२–०४३–प ९०४५ सुपर स्प्लेण्डर मोटरसाइकल र बरामद भन्सार छली सामग्री आवश्यक कारबाहीका लागि मुख्य भन्सार कार्यालय, सेतुबन्ध, कोशी ब्यारेजमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए । 

 सशस्त्र प्रहरीले सीमा क्षेत्रमा भन्सार छलीका घटनाहरू न्यूनीकरण गर्न नियमित गस्ती र निगरानीलाई थप कडाइ गरेको जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार