विराटनगर । विराटनगरमा शुक्रबार राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ इक्राहीका ६० वर्षीय लक्ष्मण यादव रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी हस्तबहादुर सुनारले जानकारी दिएका छन् । उनका अनुसार यादवलाई आफ्नै घरको पर्खालमा पानी हालेर मोटर बन्द गर्ने क्रममा अचानक करेन्ट लागेको थियो ।
राति करिब साढे आठ बजेतिरको घटनामा करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया