इलाम । भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा इलाम बजारमा विशेष सांस्कृतिक कार्यक्रम अन्तर्गत कथककली नृत्य प्रस्तुत गरिएको छ । आइतबार इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा भारतीय कलाकारहरूले दक्षिण भारतको केरला राज्यमा लोकप्रिय मानिने कथककली नृत्य प्रस्तुत गरेका हुन् ।
भारतीय दूतावासको आयोजनामा भएको उक्त कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख केदार थापाले प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्दै नेपाल–भारत सम्बन्धबारे चर्चा गरे । उनले भारतले नेपाललाई आपत् विपत् तथा विकासका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि सहयोग र सहकार्य निरन्तर जारी रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा इलाम नगरपालिकाकी उपप्रमुख विष्णु कुमारी लिम्बु दाहाल, प्रमुख जिल्ला अधिकारी कल्पना न्यौपाने, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, स्थानीयवासी र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया