एक साता अघि मात्र कुवेत गएका गौतमले मुख्य सडकमै गरे आत्महत्या

मंगलबार, १० भदौ २०८२

काठमाडौं । कुवेतमा एकजना नेपाली युवकले आत्महत्या गरेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर ४ शिवनगरका ३३ वर्षीय हरिबहादुर गौतमले कुवेतको महाबुल्लास्थित २१० नम्बर फ्लाइओभरबाट ३० नम्बर मुख्य सडकमा हाम फालेर आत्महत्या गरेका हुन् ।

फ्लाइओभरमा पुगेपछि लगाएका कपडा खोलेर उनी तल सडकमा हाम फालेका थिए । जसले गर्दा उनलाई गाडीले पनि किचेको बताइएको छ ।

उनी ८ दिनअघि मात्रै सवारी चालकको काम गर्न कुवेत पुगेका थिए । उनको मानसिक अवस्था ठिक नभएको बताइएको छ । उनी कुवेत पुगेकै दिनदेखि अस्वभाविक हर्कत देखाइरहेका उनीसँगैका साथीहरूले बताएका छन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार