काठमाडौँमा निजी विद्यालयहरूको बस र्‍याली (तस्बिरहरू)

सोमबार, १६ भदौ २०८२

विद्यालय शिक्षा विधेयक विरुद्ध आन्दोलनमा रहेका निजी विद्यालयहरुले आज काठमाडौँ उपत्यकामा विद्यालय बससहित र्‍याली गरेका छन् । समितिबाट संसदमा पेस गरिएको विधेयकमा केही प्रावधान निजी विद्यालयको हित विपरित रहेको भन्दै आन्दोलनमा रहेका विद्यालयहरुले बस ¥याली गरेका हुन् । भक्तपुर, कागेश्वरी, पेप्सीकोला, तिनकुने, नरेफाट, जडीबुटी र बानेश्वरतर्फका विद्यालय बसहरू कोटेश्वरबाट सातदोबाटो हुँदै चक्रपथ परिक्रमा गर्ने कार्यक्रम तय भएको छ । यसैगरी ललितपुरका सबै विद्यालय बसहरू सातदोबाटोबाट एकान्तकुना हुँदै चक्रपथ परिक्रमा गर्ने, कीर्तिपुर नगरपालिका, त्रिपुरेश्वर, टेकु र कालिमाटी क्षेत्रका विद्यालय बसहरू बल्खुबाट कलंकी हुँदै चक्रपथ परिक्रमा गर्ने, चन्द्रागिरी, थानकोट, स्यूचाटार र सोल्टीमोड क्षेत्रका विद्यालय बसहरू कलंकीबाट सितापाइला हुँदै चक्रपथ परिक्रमा गर्ने ¥यालीका लागि स्कुल बसहरूको रुट निर्धारण गरिएको छ ।

Photo (1)_11zonPhoto (11)_11zonPhoto (12)_11zon (1)Photo (14)_11zon (1)Photo (15)_11zon (1)Photo (17)_11zon (1)Photo (18)_11zon (1)Photo (12)_11zonPhoto (14)_11zonPhoto (15)_11zonPhoto (17)_11zonPhoto (2)_11zonPhoto (3)_11zonPhoto (18)_11zonPhoto (4)_11zonPhoto (8)_11zonPhoto (9)_11zon

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार