काठमाडौँ महानगरभित्र एक हजार बढी स्मार्टबोर्ड जडान हुने

बुधबार, ०८ असोज २०८२
File Photo

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयमा एक हजार ६० स्मार्टबोर्ड जडान गर्ने तयारी गरेको छ।

महानगर प्रमुख बालेन्द्र शाहले मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आगामी तिहारअघि ८७ सामुदायिक विद्यालयमा स्मार्टबोर्ड जडान पूरा हुने बताए।

हालसम्म ४९० स्मार्टबोर्ड जडान भइसकेको र बाँकी ५७० बोर्डका लागि बजेट निकासा भइसकेकाले निर्धारित समयमा काम सम्पन्न हुने शाहले उल्लेख गरे।

स्मार्टबोर्ड जडान पूरा भएपछि महानगरभित्रका करिब ५३ हजार विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार