पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ससुरालीमा प्रहरीको छापा

आइतबार, १२ असोज २०८२

काठमाडौँ : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको ससुराली घर तथा उनकी पत्नी आरजु राणाको भाइ भूषण राणाको जावलाखेलस्थित घरमा प्रहरीले आइतबार छापा मारेको छ।

सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले उक्त छापा मारेको हो।

जेनजी आन्दोलनका क्रममा देउवाको बुढानीलकण्ठस्थित घरमा ठूलो परिमाणमा नगद रकम फेला परेको र त्यसपछि प्रदर्शनकारीले जलाएको घटनापछि छानबिनलाई तीव्रता दिइएको हो।

उक्त घरमा डलर र नेपाली हजार, पाँच सयका नोटका जलेका टुक्रा भेटिएका थिए। साथै, पैसा राख्ने सुरुङसमेत रहेको भन्ने दाबी गरिएको थियो, तर यसको औपचारिक पुष्टि हुन सकेको छैन।

प्रहरीले जावलाखेलस्थित भूषण राणाको घरमा छापा मार्दा के–के बरामद भयो भन्ने बारेमा भने अहिलेसम्म कुनै विवरण सार्वजनिक गरेको छैन।

आरजु राणाका भाइ भूषण राणामाथि राज्यका विभिन्न निकायमा हुने ठूला खरिद प्रक्रिया र नियुक्तिमा चलखेल गर्दै आएको आरोप पहिलेदेखि लाग्दै आएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार