काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी–२०८२ को अवसरमा सम्पूर्ण नेपाली जनताप्रति सुख, शान्ति र समृद्धिको मंगलकामना व्यक्त गरेका छन ।
एक सन्देश जारी गर्दै उनले यसपालि विगतका वर्षझैँ बृहत् रूपमा टीका–जमरा प्रदान नगर्ने जानकारी गराएका छन ।
उनले दसैँलाई नेपाली समाजको ऐक्यबद्धता र सांस्कृतिक गौरवसँग जोड्दै पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र समग्र पहिचानको रक्षा गर्न गरेको त्याग र बलिदानलाई स्मरण गर्नुपर्ने बताए ।
शाहले नेपालका युवालाई मुलुकको भविष्यका आधार स्तम्भका रूपमा चित्रण गर्दै उहाँहरूको देशभक्ति, ऊर्जा र नवीन सोचमार्फत मात्र राष्ट्र आत्मनिर्भर, समृद्ध र बलियो बन्ने विश्वास व्यक्त गरे ।
“हाम्रो गौरवशाली संस्कृतिको मेरुदण्ड नै पूर्वजहरूको त्याग हो, त्यसलाई मजबुत बनाउँदै युवाले आत्मनिर्भर नेपालको बाटो पहिचान गर्नुपर्छ,” पूर्वराजाको सन्देशमा उल्लेख छ ।
प्रतिक्रिया