पाँचथर । दशैंको सातौँ दिन महासप्तमीको अवसरमा आज जिल्लाका विभिन्न दशैं घरमा बढाइसहित फूलपाती
भित्र्याइएको छ । बिहान ७ बजेर १५ मिनेटको साइतमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासन कार्यालयका दशैं घरहरूमा फूलपाती प्रवेश गराइएको हो ।
स्थानीय परम्परा अनुसार फिदिम–४ स्थित गडीको सुम्हात्लुङ मन्दिरबाट फूलपाती ल्याउने चलन रहिआएको छ । यस क्रममा तीन वटै सुरक्षा निकायका प्रमुखहरू मन्दिर पुगेर पूजा गरेर सलामी अर्पण गरेपछि फूलपाती दशैं घरमा लगिएको थियो ।
फूलपाती बढाइको कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधि, कार्यालय प्रमुख, जनप्रतिनिधि, सङ्घसंस्था र नागरिक समाजका व्यक्तिहरूको उपस्थिति थियो ।
प्रतिक्रिया