दशैंमा पनि बैंकिङ सेवा: कुन बैंकका कुन शाखा खुल्ला रहन्छन् ?

मंगलबार, १४ असोज २०८२

काठमाडौँ : दशैंको लामो बिदामा पनि वाणिज्य बैङ्कहरूले देशका प्रमुख शहरहरूमा विभिन्न शाखा सञ्चालन गर्ने भएका छन्।

दशैंका मुख्य दिनहरूमा समेत आवश्यक वित्तीय कारोबार सहज होस् भन्ने उद्देश्यले नेपाल बैंकर्स सङ्घले बैङ्कहरूलाई आंशिक रूपमा सेवा निरन्तरता दिन आग्रह गरेपछि धेरै बैङ्कहरूले प्रमुख शाखा खुला राख्ने व्यवस्था गरेका हुन्।

बैङ्कहरूले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म नगद जम्मा–भुक्तानी, चेक भुक्तानी, विदेशी मुद्रा विनिमय तथा एटिएम मर्मतजस्ता आधारभूत सेवा उपलब्ध गराउने जनाएका छन्। यस अवधिमा सकेसम्म डिजिटल कारोबार गर्न समेत आग्रह गरिएको छ।

नेपाल राष्ट्र बैङ्कले पनि व्यापार सहजीकरण, आपूर्ति प्रणाली सुचारु राख्न र भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ्ग सेवा निरन्तर राख्न वाणिज्य बैङ्कहरूलाई निर्देशन दिएको छ।

केन्द्रीय बैङ्कले विजयादशमीको दिन बाहेक दशैं बिदाका सबै दिन भन्सारसँग सम्बन्धित कारोबारका लागि बैंकिङ्ग सेवा सुचारु गर्ने व्यवस्था गर्न आग्रह गरेको छ।

कुन बैंकका कुन शाखा खुल्ने?

  • एभरेष्ट बैङ्क – न्यूरोड, पुल्चोक, ठिमी

  • नेपाल बैङ्क – काकरभिट्टा, कृष्णनगर, न्यूरोड

  • राष्ट्रिय वाणिज्य बैङ्क – विराटनगर, इटहरी, वसन्तपुर, धनगढी, त्रिभुवन विमानस्थल

  • ग्लोबल आईएमई बैङ्क – विराटनगर, इटहरी, धरान, दमक, बिर्तामोड, मुग्लिन, भरतपुर, हेटौँडा, पर्सा, चरिकोटलगायत

  • प्रभु बैङ्क – बबरमहल, कमलादी, जावलाखेल, भक्तपुर, विराटनगर, वीरगन्ज, जनकपुर, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी आदि

  • प्राइम कमर्सियल बैङ्क – कमलपोखरी, पुल्चोक, ठिमी, भरतपुर, वीरगन्ज, नेपालगन्ज, बुटवल, पोखरा, धनगढी आदि

  • सिद्धार्थ बैङ्क – हात्तीसार, न्यूरोड, विराटनगर, बिर्तामोड, जनकपुर, पोखरा, नेपालगन्ज, बुटवल, धनगढी, महेन्द्रनगर आदि

  • स्ट्यान्डर्ड चार्टर्ड बैङ्क – ललितपुर, नक्साल, नयाँ बानेश्वर, पोखरा, बुटवल, वीरगन्ज, नेपालगन्ज, विराटनगर, धनगढी

  • नबिल बैङ्क – विराटनगर, इटहरी, धरान, दमक, जनकपुर, ललितपुर, कलङ्की, ठिमी, महाराजगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी, सुर्खेतलगायत

  • सानिमा बैङ्क – काठमाडौँ (कलङ्की, नयाँ बानेश्वर, चाबहिल, गोङ्गबु, महाराजगन्ज आदि) तथा इटहरी, दमक, जनकपुर, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत, धनगढी, महेन्द्रनगरलगायत

  • हिमालयन बैङ्क – हिटी दरबार, त्रिपुरेश्वर, न्यूरोड, भक्तपुर, बनेपा, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी, महेन्द्रनगर आदि

  • कुमारी बैङ्क – इटहरी, उर्लाबारी, पुतलीसडक, कुमारीपाटी, नयाँ बानेश्वर, नारायणगढ, बुटवल, नेपालगन्ज, सुर्खेतलगायत

  • एनआइसी एसिया बैङ्क – विराटनगर, बिर्तामोड, दमक, वीरगन्ज, जनकपुर, भक्तपुर, पुल्चोक, न्यूरोड, बुटवल, सुर्खेत, धनगढी आदि

  • कृषि विकास बैङ्क – देशभरका प्रमुख शाखा (विराटनगर, धरान, बिर्तामोड, राजविराज, वीरगन्ज, पोखरा, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर आदि)

  • माछापुच्छ्रे बैङ्क – काठमाडौँ, इटहरी, जनकपुर, पोखरा, नारायणगढ, बुटवल, नेपालगन्ज, धनगढी, महेन्द्रनगर आदि

  • एनएमबी बैङ्क – धरान, बिर्तामोड, विराटनगर, वीरगन्ज, पोखरा, सुर्खेत, महेन्द्रनगर आदि

  • नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क – दरबारमार्ग, बत्तीसपुतली, कालिमाटी, पुल्चोक, न्यूरोड, ठमेल, पोखरा आदि

  • नेपाल एसबिआई बैङ्क – विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, पोखरा, भैरहवा, नेपालगन्ज, सुर्खेत, धनगढी 

  • लक्ष्मी सनराइज बैङ्क – काठमाडौँ (गैरीधारा, पुल्चोक, भृकुटीमण्डप आदि) तथा विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी, नेपालगन्ज आदि

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार