मोरङको डागिहाटमा करेन्ट लागेर एक महिलाको मृत्यु

बुधबार, १५ असोज २०८२

मोरङ : मोरङको बेलबारी नगरपालिका–९ डागिहाटमा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ।

आइतबार बिहान करिब १०:३० बजे घर पछाडि कल चलाउने क्रममा विद्युत् करेन्ट लागेर ३१ वर्षीया देविमाया खवासको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक खवास बेलबारी–९ डागिहाट निवासी दिलबहादुर खवासकी श्रीमती हुन्।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी डाँगाबजारबाट प्रहरी निरीक्षक गुनराज पोख्रेलको कमाण्डमा प्रहरी टोली खटिएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार