विश्वकप छनोटअघि नेपालका दुई अभ्यास खेल : टोली संयोजन र रणनीति परीक्षणको मौका

शुक्रबार, १७ असोज २०८२
File Photo

काठमाडौं : आईसीसी टी–२० विश्वकप छनोट सुरु हुनुअघि नेपाली क्रिकेट टोली ओमानमै दुई अभ्यास खेल खेल्ने भएको छ। अभ्यास खेललाई नेपालका लागि टोली संयोजन मिलाउने र रणनीति परिक्षण गर्ने महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ।

ओमान क्रिकेटले सार्वजनिक गरेको तालिका अनुसार नेपालले शनिबार राति पौने ९ बजे ओमानसँग र सोमबार अपरान्ह सवा ४ बजे कतारसँग खेल्नेछ। यी खेलहरू आधिकारिक अंकतालिकामा नपरे पनि टोलीको आत्मविश्वास, नयाँ संयोजन र खेलाडीहरूको भूमिकामा स्पष्टता ल्याउने दृष्टिले महत्वपूर्ण मानिन्छ।

आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने टी–२० विश्वकप छनोटमा नेपालले समूह चरणमा जापान र कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। त्यसअघि हुने अभ्यास खेलमा युवा र अनुभवी खेलाडीलाई फरक परिस्थितिमा उतारेर रणनीति परीक्षण गर्ने अनुमान गरिएको छ।

यस पटकको छनोट नेपालका लागि एशियाली क्रिकेटमा आफ्नो हैसियत पुनः प्रष्ट पार्ने अवसर पनि हो। विगतमा कहिलेकाहीँ अस्थिर देखिएको शीर्षक्रम ब्याटिङ र अन्तिम ओभर बलिङका कमजोरीलाई अभ्यासमै सुधार्नुपर्ने दबाब छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार