गृहमन्त्री अर्याल र भौतिक पूर्वाधर मन्त्री घिसिङ आज इलाम आउँदै

शनिबार, २५ असोज २०८२

इलाम :  वर्षा सहितको बाडीले क्षती पुर्‍याएको इलामको अवलोकनमा मन्त्रीहरू आउन थालेका छन् । वर्षा सहितको बाडी गएको एक साता हुँदा गृह मन्त्री ओम प्रकाश अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, र सचिव केशव कुमार शर्मा सहितको टोलीले बाडी प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।

गत असोज १८ गतेको अविरल वर्षापछि देशभरकै सबैभन्दा बढी क्षति इलाममा भएको थियो । बाढी, पहिरो र सडक अवरुद्धजस्ता घटनाले इलामका १० वटै पालिकाका अधिकांश बस्तीहरू प्रभावित भएपछि सङ्घीय मन्त्रीहरूको टोली इलाममा अनुगमनका लागि आउन लागेको हो ।

कार्यक्रम अनुसार इलाम नगरपालिका–१० स्थित माई टापुमा विस्थापित ३६ घरधुरीका प्रभावित परिवारहरूको स्थलगत निरीक्षण र राहत वितरणदेखि मेची राजमार्गको माईखोला–इलाम सडक खण्ड अवलोकन, इलाम नगरपालिका क्षेत्रको मिलगोलाईसम्मको स्थलगत निरीक्षण तथा स्थानीय अधिकारीहरूसँग बैठक गर्ने कार्यतालिका छ ।

मन्त्री स्तरीय टोलीले जिल्ला प्रशासन कार्यालयमा समन्वय बैठक गर्दै प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माण प्रक्रियाको मूल्याङ्कन गर्नेछ । इलाममा अघिल्लो सातादेखि राहत वितरण कार्य जारी रहे पनि अझै धेरै प्रभावित परिवारहरू अस्थायी टहरामा बस्दै आएका छन् ।

सङ्घीय मन्त्रीहरूको यो भ्रमणबाट तत्काल राहत र पुनर्निर्माणको प्रक्रियामा गति आउने अपेक्षा गरिएको छ । इलाम सरकारले तीन महिनालाई सङ्कटग्रस्त क्षेत्र घोषणा समेत गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार