झापामा ५५ वर्षीय कार्की मृत अवस्थामा फेला

मंगलबार, ०९ मंसिर २०८२

झापा :  झापाको मेचीनगर नगरपालिका–१० रामघाटमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

मेचीनगर–१० खयरडाँगी बस्ने अन्दाजी ५५ वर्षीय काजि कुमार कार्की रामघाटको सिँढीमा कोल्टे परी मृत अवस्थामा भेटिएका हुन्।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले आवश्यक सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर, झापा हुँदै वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार