रौतहट । बारामा धान झार्ने मेसिनको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मधेस प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्बाइन मेसिनले मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
महागढीमाई नगरपालिका स्थित इनर्वा चोक नजिक भुतही पुलमा सोमबार राति कम्बाइन मेसिनले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । ठक्करबाट मोटरसाईकल चालक रौतहट मौलापुर नगरपालिका–३ गम्हरिया वस्ने अन्दाजी २२ वर्षीय रुपेश साह सोनारको ज्यान गएको हो ।
प्रहरीका अनुसार ठक्करबाट सोनारको घटनास्थलमै मृत्यु भएको हो भने उनीसंगै मोटरसाईकलमा पछाडी सवार बाराको कोल्हवी नगरपालिका वडा नम्बर १ का करिब २६ वर्षीय सुनिल साह सोनार गम्भीर घाइते भएका छन् ।घाईते सुनिलको थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
रुपेशले चलाएको अपाची मोटरसाइकलको नम्बरसमेत खुल्न नसक्ने गरी जलेर पूर्णरुपमा नष्ट भएको छ ।
मोटरसाईकललाई ठक्कर दिने कम्पाइन मेसिनका चालक भने फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया