काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४३ रनको योगफल तयार पारेको हो।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५, दिलीप नाथले ३१, डार्शी शर्ट र सुुमित महर्जनले १८-१८ र गुल्बदिन नइमले ११ रन बनाए।
सुदूरपश्चिमका लागि अभिनाश बोहरा र हरमित सिंहले तीन-तीन, हेमन्त धामीले दुई तथा स्कट कुगेलेइनले एक विकेट लिए।
प्रतिक्रिया