झापा । झापामा आफ्नै बारीमा रहेको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।
शिवसताक्षी नगरपालिका–२ इन्द्रेणी चोक बस्ने ७१ वर्षीय आनन्दहाङ लिम्बु आज (आइतबार) बिहान ०८ः३० बजे आफ्नै बारीमा रहेको पिपलको रुखमा चढेर घाँस काटिरहेका बेला अचानक रुखबाट लडेर गम्भीर घाइते भएका थिए ।
घाइते लिम्बुलाई उपचारका लागि दमक अस्पताल दमकमा पुर्याइएको भएपनि बिहान करिब १०ः३० बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव दमक अस्पताल दमकमा नै राखिएको र प्रहरीले घटनाबारे आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।
प्रतिक्रिया