काठमाडौँ : नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नाम सार्वजनिक गरिएको छ।
भृकुटीमण्डपमा आइतबारदेखि जारी विशेष महाधिवेशनबाट पार्टी सभापतिमा गगनकुमार थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित भएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिए।
सहमहामन्त्रीमा डा. डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली ‘स्नेही’ (दलित), बहादुरसिंह लामा (आदिवासी जनजाति), उदयशमशेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्लाह मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिछडिएको क्षेत्र) निर्वाचित भएका छन्।
खुला ३५ केन्द्रीय सदस्यतर्फ गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योञ्जन, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी र देवप्रसाद तिम्सिना निर्वाचित भएका छन्।

यसैगरी अजयबाबु सिवाकोटी, प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाईँ, डा. केदारनरसिंह केसी, विदुर बस्नेत, तीर्थजङ्ग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह पनि खुला केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
महिला खुला नौ सदस्यीय केन्द्रीय सदस्यमा चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउँद ऐर र दिलकुमारी राई निर्वाचित भएका छन्।
प्रदेशतर्फ केन्द्रीय सदस्यमा कोशीबाट शारदादेवी कोइराला, हिमालय कर्माचार्य र अग्नि पौडेल, मधेसबाट मधु शाही, रामानन्द यादव र बजरङ्ग नेपाली, बागमतीबाट उमा दाहाल, जितनारायण श्रेष्ठ र रमेश धमला निर्विरोध चयन भएका छन्।
गण्डकीबाट विष्णुदेवी पाण्डे, रेशम बानियाँ र कृष्ण केसी, लुम्बिनीबाट पवित्राकुमारी अर्याल, केशव आचार्य र रामबहादुर कार्की, कर्णालीबाट रमादेवी खड्का, दिक्पाल शाही र नारायण भट्टराई, तथा सुदूरपश्चिमबाट निपा चोख्याल, हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट निर्वाचित भएका छन्।
केन्द्रीय सदस्य (अपाङ्गता)तर्फ प्रकाश पन्त, (अल्पसङ्ख्यक)तर्फ शिवनारायण सिंगनगाई, दलिततर्फ मैकुलाल वाल्मीकि, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य विक र दिनेश सुनार निर्वाचित भएका छन्।
आदिवासी जनजाति (महिला)तर्फ सपना राजभण्डारी, प्रमीला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापा मगर, लीलादेवी बोखिम लिम्बू, डा. अमिता प्रधान र छोन्दुल्होम शेर्पा, तथा आदिवासी जनजाति खुलातर्फ तारामान गुरुङ, अष्टकुमार कवे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रीष, नरेन्द्र केरुङ र दिपेन श्रेष्ठ चयन भएका छन्।
खसआर्य महिला तर्फ उमा सिवाकोटी, बाला अधिकारी, मुना भुसाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री, खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदीशचन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटवाल र कमल भुसाल निर्वाचित भएका छन्।
मधेसी महिला तर्फ अन्जु झा, चन्द्रकलाकुमारी यादव, गोमा अन्सारी र निलम साह, मधेसी खुलातर्फ रामपल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिलकुमार यादव र रामरुप प्रसाद निर्विरोध चयन भएका छन्।
मुस्लिम महिला पदमा सनम बेगम, मुस्लिम खुलातर्फ अब्दुल रज्जाक गद्दी र अब्दुल सतार, थारु महिलातर्फ नवोदिता चौधरी र सुनिता राना, थारु खुलातर्फ सुरेन्द्रप्रसाद चौधरी र गोपाल दहित, तथा पिछडिएको क्षेत्र खुला केन्द्रीय सदस्यमा दीपकजङ्ग शाह निर्वाचित भएका छन्।
घोषित समितिका सभापति थापाले आजै निर्वाचन समितिका संयोजक केसीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आजै दिउँसो आयोजना गरिएको निर्वाचन समितिले जनाएको छ।
प्रतिक्रिया