एमाले–माओवादीबीच चुनावी तालमेल, दाङ–२ र कालीकोटमा सहमति

बुधबार, ०७ माघ २०८२

काठमाडौं । नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रबीच केही निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने सहमति भएको छ। एमालेका महासचिव शंकर पोखरेल र माओवादी केन्द्रका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भएको छलफलपछि दाङ–२ र कालीकोटमा गठबन्धन गर्ने समझदारी बनेको हो।

सहमति अनुसार दाङ–२ मा एमाले महासचिव पोखरेलको निर्वाचन क्षेत्र रहेकाले माओवादी केन्द्रले उम्मेदवार नउठाउने निर्णय गरेको छ। यही सहमतिअनुसार माओवादीले दाङ–२ मा आफ्नो उम्मेदवारी दर्ता नगरेको जनाइएको छ।

कालीकोटमा भने माओवादी केन्द्रका प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ उम्मेदवार रहेका छन्। एमालेले कालीकोटमा नगेन्द्र शाहीलाई उम्मेदवार बनाएको भए पनि सहमतिपछि एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिने अनुमान गरिएको छ। कालीकोटमा एमालेले प्रकाण्डलाई समर्थन गर्ने समझदारी भएको स्रोतले जनाएको छ।

दुवै दलबीचको यो तालमेलले ती क्षेत्रमा चुनावी प्रतिस्पर्धाको समीकरण बदलिने देखिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार