निर्वाचनबिनाको विकल्प छैन : सभापति थापा

विहीबार, ०८ माघ २०८२

झापा : निर्वाचन सफल नभए देश सही दिशामा अघि बढ्न नसक्ने नेपाली काँग्रेसका कोशी प्रदेश सभापति उद्धव थापाले वताएका छन्। कोशी प्रदेशका  पूर्वमुख्यमन्त्री समेत रहेका थापाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अपरिहार्य रहेको बताएका हुन् ।  

झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस नेता थापाले ‘निर्वाचन नभएको खण्डमा अर्ध मृत संविधानलाई राष्ट्रपतिले कति समय जोगाउन सक्नुहुन्छ भन्ने गम्भीर प्रश्न खडा भएको छ,’ उनले भने, ‘संविधानलाई क्रियाशील र गतिशील बनाउन निर्वाचनबाहेक अर्को विकल्प छैन ।’

सभापति थापाले देश अहिले ‘खरानीमाथि’ उभिएको अवस्थामा रहेको उल्लेख गर्दै खरानी टक्टक्याएर अघि बढ्न पनि निर्वाचन आवश्यक रहेको बताए । ‘खरानीबाट देशलाई मुक्त गर्ने उत्तम उपाय नै निर्वाचन हो,’ उनले भने ।

सबै नागरिक मिलेर निर्वाचनलाई सफल बनाउनुपर्ने काँग्रेस नेता थापाको भनाई रहेको थियो । ‘सबै पक्षको सहभागितामा स्वच्छ, मर्यादित र धाँधलीरहित निर्वाचन सम्पन्न भए मात्र मुलुक सही गतिमा अघि बढ्छ,’ थापाले भने । थापाले निर्वाचनलाई लोकतन्त्रको आधार स्तम्भका रूपमा उल्लेख गर्दै यसले मात्रै राजनीतिक स्थायित्व, संविधानको रक्षा र देशको भविष्य सुनिश्चित गर्ने बताए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार