इटहरी : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसका सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार राजिब कोइरालाले आफ्नो चुनावी अभियान तीव्र पारेका छन्।
स्थानीय मतदाताका समस्या र गुनासा घरदैलोमै पुगेर बुझ्दै उनले अभियानलाई थप गति दिएका हुन्।
सुनसरी–२ अन्तर्गत इटहरी उपमहानगरपालिकामा ७५ हजार ४११, रामधुनी नगरपालिकामा २७ हजार ४२२, इनरुवा नगरपालिकामा २८ हजार ९६३, हरिनगर गाउँपालिकामा २ हजार ८९३ र देवाङ्गन्ज गाउँपालिकामा २४ हजार १९१ मतदाता रहेका छन्। यसरी यस क्षेत्रमा कुल १ लाख ५८ हजार ८८० मतदाता रहेका छन्।
प्रतिक्रिया