काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको र अन्य कुनै पार्टीसंग चुनावी गठवन्धन नगर्ने जनाएको छ।
नेपाली काँग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनका विषयलाई लिएर आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले पार्टीले सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाइसकेको बताउँदै चुनावपूर्व कसैसँग गठबन्धन नहुने जानकारी गराएका हुन् ।
काँग्रेस प्रवक्ता चालिसेले भने, ‘गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गर्यो । कुनै पार्टीसँग हाम्रो चुनावसँग लक्षित भेटघाट भएको छैन् । चुनावपूर्व कसैसँग गठबन्धन हुँदैन, सबै क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको छ । हामी दृढतापूर्वक प्रचारमा लागेका छौँ। सभापतिले पनि सार्वजनिक रूपमा भनिराख्नुभएको छ । त्यसबाहेक अरू कुनै भ्रममा नपर्न आग्रह गर्छु ।’
चालिसेले चुनावी सरकारका मन्त्रीहरुले राजीनामा दिएर जानु मानव अधिकारको विषय बनेपनि नौतिकताको विषय चाँही नभएको समेत बताए । त्यो नुहुनुपर्ने थियो भयो तर,स्वतन्त्र,निर्भय र सुरक्षित वातावरणमा मतदान गर्न पाउने नागरिक र पार्टीको हक त्यो कर्तव्य सरकारको हो । सरकार त्यसमा लाग्नुपर्छ चालिसेले थपे ।
उनले अधिनायकवादीहरु मिठो र चिप्लो कुरा गरेरै आउने भन्दै नयाँ भन्नेहरूको भ्रममा नपर्न समेत आग्रह गरे। विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य ठाउँमा धृणास्पद अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने कुराले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिथोलिँदै गएको बताउँदै कांग्रेस त्यसप्रति कांग्रेस सचेत रहेको चालिसेको भनाई रहेको थियो ।
प्रतिक्रिया