टिका र नरेनलाई एक अर्काको आश (भिडियो)

शनिबार, ०२ पुस २०७९
गायिका टिका प्रसाइ र नरेन कुलुङको आवाजमा आश छ र त बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा गायिका टिका प्रसाइकै शब्द तथा संगीत रहेको छ । गीतको एरेन्ज गोपाल रसाइलीले गरेका हुन् । गीतको भिडियोले माया प्रतिको आशा र बिश्वास दर्साउन खोजेको छ । भिडियोमा गायिका प्रसाइ र गायक नरेन कुलुङको नै फिचर्ड छ । भिडियोको निर्देशन बिजय मगरले गरेका हुन् । सनम तामाङको छायांकन रहेको भिडियोको सम्पानदन अर्जुन खड्काले गरेका हुन् । भिडियो गायिका प्रसाइकै अफिसियल यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । टिका प्रसाइका तिमी मलाई मन पर्छ, नतोड न, एउटा कुरा भनुँ,माया लुकीलुकी केही हुन्न भेट हुदैमा कर्के नजर,नाइ मलाइ था छैन लगायतका गितले दर्शकको मन जितीसकेका छन् । https://www.youtube.com/watch?v=zdvi4dgB5_E

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार