केपी ओली र रवि लामिछानेबिच भेटवार्ता

आइतबार, ०३ पुस २०७९
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबीच भेटवार्ता भएको छ । लामिछाने ओलीलाई भेट्न ओलीकै निवास बालकोट पुगेका थिए । उनीहरूबीच करिव २ घण्टा भेटवार्ता भएको श्रोतको दावी छ। सत्ता समीकरणको विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ । निर्वाचनमा ७८ सिटसहित दोस्रो ठूलो दल बनेको एमालेले सरकार गठन प्रक्रियाका लागि दलहरूसँग सम्बाद गरिरहेको छ । पहिलो पटक चुनावमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट पाएको छ । नेकपा (मा‌ओवादी केन्द्र)ले पनि एमालेसँग सहकार्य जारी राखिरहँदा सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले सरकार बनाउनतर्फ गाह्रो भइरहेको बताइन्छ । माओवादी अध्यक्ष पुष्षकमल दाहालले दुवै तर्फ प्रधानमन्त्रीका लागि बार्गेनिङ गरिरहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार