चारपाते बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभा सम्पन्न

मंगलबार, ०५ पुस २०७९
इटहरीमा रहेको चारपाते बचत तथा ऋण सहकारी संस्था लिमिटेडको साधारणसभाले दुर्गा खड्का आचार्यलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको छ । शनिवार दुर्गा पार्टी प्यालेस इटहरीमा सम्पन्न भएको साधारण सभाले आचार्यलाई संचालन अध्यक्षमा निर्वाचित गरेको हो । संस्थाको उपाध्यक्षमा होमनाथ रिजाल निर्वाचित भएका छन् भने सदस्यहरुमा राजन भट्टराई, संजिव कुमार यादव, शशी राजभण्डारी, ललित चौधरी, पवन कुमार साह, संगीता गीरी र रोनिता श्रेष्ठ संस्थाको सदस्यमा निर्वाचित भएका छन् । यसैगरी चारपातेको लेखा सुपरिवेक्षण समितिमा तुलसी प्रसाद आचार्य संयोजकमा चयन भएका छन् भने सुरज कुमार साह र दया कुमारी भट्ट लेखा समितिको सदस्यमा चयन भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार