शुल्कवृद्धि विरुद्ध नेविसंघका नेता आमरण अनशनमा

विहीबार, ०७ भदौ २०८०
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क बढाएको विरोधमा नेविसंघका नेता आमरण अनसनमा बसेका छन् । पुल्चोक क्याम्पसमा दुई दिनदेखि इकाई सभापति शुलभ चापागाईं अनशन बसिरहेका छन् । बीईको शिक्षण शुल्क ३ लाख १८ हजारबाट वढाएर ७ लाख ७७ हजार पुर्‍याइएको छ । अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि गरिएको भन्दै डीन कार्यालय अघि चापागाईँ आमरण अनशन बसेका छन् । अध्ययनका लागि विदेशिने विद्यार्थीलाई आकर्षित गर्न शुल्क घटाउनु पर्नेमा उल्टै शुल्कवृद्धि गरेर विद्यार्थीलाई विदेश जान बाध्य पारिएको विद्यार्थीहरुको भनाइ छ । पुल्चोक क्याम्पसमा ४ वर्षअघिदेखि सुरु गरिएको नयाँ संकाय केमिकल तथा एरोस्पेस इन्जिनियरिङको पढाइ शुल्क अनुसार गुणस्तरयुक्त नभएको नेविसंघले जनाएको छ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गत पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा आंगिक क्याम्पसहरु छन् । शुल्क वृद्धिको नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतका विद्यार्थी संगठनले विरोध गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार