इन्जिनियरिङको शुल्कवृद्धि फिर्ता लिन आइएओईलाई अल्टिमेटम

शुक्रबार, ०८ भदौ २०८०
काठमाडौं । समाजवादी मोर्चासम्बद्ध विद्यार्थी संगठनहरुले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्कवृद्धि फिर्ता लिन अल्टिमेटम लिएका छन् । पत्रकार सम्मेलन गरेर इन्जिनियरिङ अध्ययन संस्थान (आइएओई) लाई शुक्रबार बेलुकासम्म शूल्कवृद्धिको लागि अल्टिमेटम दिएका हुन् । चार विद्यार्थी संगठनले संयुक्त पत्रकार सम्मेलनमा इन्जिनियरिङको स्नातक तहमा नियमिततर्फ शुल्क ३५ हजारबाट बढाएर ८२ हजार र पूर्ण शुल्कतर्फ ३ लाख ३० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्‍याइएकोप्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन (अनेरास्ववियु क्रान्तिकारी) का अध्यक्ष पन्चा सिंहले वार्ताको नाटक मन्चन गरेर भ्रममा नपार्न चेतावनी दिइन् । उनले विभिन्न कलेजहरुमा भइरहेको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको समेत जनाइन् । “वार्ताको नाटक मन्चन गरेर आन्दोलन तुहाउने दुष्प्रयत्न गरिन्छ भने यो वार्ता खारेज गरिन्छ र चारवटा विद्यार्थी संगठनको तर्फबाट निशर्त ढंगले त्यो शुल्कवृद्धि खारेज नगरेसम्म हामी वार्ताको प्रक्रियामा नजाने कुरा पनि म यो पत्रकार सम्मेलनमार्फत जानकारी गराउन चाहन्छु” अध्यक्ष सिंहले भनिन् । नेकपा (एस) निकट अनेराश्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नै पार्टीहरु सत्ताको नेतृत्वमा रहेपनि गलत विषयमा खरो उत्रने बताए । शुल्कवृद्धि तत्काल खारेज नभए आइएओई प्रमुखलाई गलत्याएर सडकमा ल्याउने चेतावनी दिए । जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष रमेश यादबले संविधानले शिक्षा निशुल्क भनेपनि शैक्षिक माफियाको अगाडि सबै निरिह हुनु दूर्भाग्य भएको बताए । नेकपा (विप्लव) निकट अखिल (क्रान्तिकारी)का उपाध्यक्ष नरेन्द्र विश्वकर्माले दलाल र माफियाहरुको चंगुलमा रहेको नेपाली शिक्षा क्षेत्रलाई नागरिकको पहुँचमा पुर्याउन जुनसुकै हदमा जाना तयार रहेको धारणा राखे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार