विराटनगर । विराटनगरस्थित इडेनवर्ग कलेजले आयोजना गरेको वादविवाद प्रतियोगितामा रुवी लामा प्रथम भएकी छन् ।
विभिन्न चरण पार गरेर छानिएका १० जना प्रतिस्पर्धीलाई पछि पार्दै लामा प्रथम भएकी हुन् । ‘मोबाइल बरदान कि अभिशाप’ विषयमा आयोजित वादविवाद पक्षमा उत्कृष्ट तर्क राखेर लामाले प्रथम स्थान हासिल गरेकी हुन् ।
प्रतियोगितामा रामकुमार साह द्वितीय र रेनुका कार्की तृतीय भए । विजयीहरुलाई प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, कलेज सञ्चालक समितिका अध्यक्ष विष्णु दाहाल, प्रिन्सिपल डिके साह, संयोजक शम्भुप्रसाद महतो र शिक्षक एके दासले ट्रफी, मेडल प्रदान गरेका थिए ।
सञ्चालक समितिका अध्यक्ष दाहालले कलेजले पाठ्यक्रमको पढाइसँगै अतिरिक्त क्रियाकलापलाई उच्च प्राथमिकतामा राखेको सुनाए । प्रिन्सिपल साहले हरेक क्षेत्रमा इडेनवर्ग कलेजलाई अब्बल बनाउने योजनाका साथ अगाडि बढिरहेको चर्चा गरे । २०६६ सालमा स्थापित कलेजमा विविएस र विएड अध्यापन हुँदै आएको छ ।
प्रतिक्रिया