इटहरी । सुनसरीको इटहरीमा रहेको सि. बि. कलेजले स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ । दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई बिदाइ गरिएको थियो । यसैगरी ११ कक्षामा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेजले स्वागत गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा इटहरी उपमानगरपालिका, शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख सूर्यप्रसाद सुवेदी सहभागी थिए ।
उनले नेपालमै बसेर काम गर्न सक्ने खालको शिक्षा नेपालका कलेजहरुले दिनु पर्ने आवश्यकता औल्याए । सि. बि. कलेजले शैक्षिक क्षेत्रमा गरेको योगदान महत्वपूर्ण रहेको बताउँदै उनले उच्च शिक्षाका लागि विदेश जाने भन्दा स्वदेशमै बसेर केही गर्न विद्यार्थीलाई सुझाव समेत दिए ।
कार्यक्रममा कलेजका सञ्चालक समितिका अध्यक्ष देशवन्धु कार्कीले नवागन्तुक विद्यार्थीलाई स्वागत गर्दै कलेजको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा जनता बहुमुखी क्याम्पस इटहरीका अध्यक्ष बिकास केसी, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली, इटहरी उपमहानगरपालिकाका शिक्षा युवा तथा खेलकुद महाशाखा फाल्गुनीप्रसाद काफ्ले लगायले बोलेका थिए ।
कार्यक्रममा कलेजका प्रिन्सिपल खेमराज बास्तोलाले कलेजले गर्दै आएका गतिविधि र आगामी दिनमा गर्ने शैक्षिक गतिविधिका बारेमा जानकारी गराएका थिए ।
त्यस अवसरमा १२ कक्षा उत्तीर्ण गरेका विभिन्न संकायका उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेमा व्यवस्थापन संकायबाट कृतिकाकुमारी चौधरी, होटेल म्यानेजमेन्टबाट प्रतीक ढकाल, कानुन संकायबाट मोनिका चौधरी, विज्ञान संकायबाट प्राञ्जल सापकोटा छ्न् ।
यस्तै ११ कक्षाबाट व्यवस्थापन संकायबाट बन्दना राई, होटेल म्यानेजमेन्टबाट अजित सोनार, कानुन तर्फबाट अनिता बस्नेत र विज्ञान संकायबाट सुरज भट्टराई सम्मनित भए ।
यसैगरी, उत्कृष्ट अनुशासन पुरस्कारबाट सृजन खड्का (विज्ञान), निम्दिगी शेर्पा (कानुन), रुपा आचार्य (होटेल म्यानेजमेन्ट), एवान चौधरी (व्यवस्थापन) लगायत विद्यार्थीलार्य सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
विद्यार्थीहरुलाई व्यवस्थापन समितिका अध्यक्ष कार्की, प्रिन्सिपल बास्तोला लगायत अतिथिले सम्मान तथा पुरस्कर वितरण गरेका थिए ।
प्रतिक्रिया