यसैगरी मानसिक रोगसम्बन्धी डा. हेमन्त प्रधानले तालिम प्रदान गरेका थिए ।
डिजिटल साइबर सेफ एन्ड सेक्युरिटी सम्बन्धी इलाका प्रहरी कार्यालय इटहरीले तालिम प्रदान गरेको थियो ।
उनीहरुलाई दैनिक जीवनमा आवश्यक पर्ने सिलाई बुनाई, पाकशिक्षा र श्रृंंगार सम्बन्धी तालिम दिई दक्ष बन्न अभिप्रेरित गरिएको थियो ।
बालिकाभित्र रहेको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले आयोजना गरिएको मिस स्कुल २०८० विजेताले १ वर्ष ,६ महिना र तीन महिना गरी इटहरी क्षेत्र भित्रका सम्पूर्ण विद्यालयलाई समेटेर टेलिभिजन कार्यक्रम चलाऊन पाउने आयोजक संस्थाका सञ्चालक तथा कार्यक्रम सम्योजक तुलसी घिमिरेले बताए ।
कार्यक्रममा इटहरी ६ नम्बरका वडा अध्यक्ष्य दिवश पोखरेलको प्रमुख आतिथ्य थियो भने कार्यक्रमको सम्पूर्ण कोरियोग्राफीको काम विराटनगरका सुशील स्वेच्छाले गरेका थिए । उनलाई सहयोग सेबिका कोइरालाले गरेकी थिइन् ।
ग्राण्ड फिनालेबाट फर्स्ट रनरअप श्रेया राइ पुन्यका, सेकेण्ड रनरअप इशानी खड्का बन्न सफल भए ।
कार्यक्रममा विश्व आदर्श स्कुल प्रिन्सिपल गणेश दुलाल, डिबिएम स्कुलका प्रिन्सिपल डा. बेणु सिटौला, नारायण सुबेदी ,लूक्मी कस्मेटिकका सञ्चालक खगेन्द्र बिमली, उत्तम पराजुली विशिष्ट अतिथि थिए ।
कार्यक्रमको निर्णाइक रौनक अग्रवाल र मेरिना तुम्सा लिम्बु थिए । इटहरीमा लामो समयसम्म जापानी भाषाका लागि स्पेशल रहेको डाँफे एजुकेसन फाउन्डेसनका प्रो. दुर्लभ कार्कीले सेकेण्ड रनरअपको पुरस्कार समेत प्रदान गरेका थिए ।
प्रतिक्रिया