दाहाल नेतृत्वको सरकारमा राप्रपा सहभागी नहुने

सोमबार, ११ पुस २०७९
अन्ततः पुस्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बन्ने सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा नजाने भएको छ । हालकै अवस्थामा तत्काल सरकारमा नजाने निर्णय भएको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिएका छन्  । सरकारमा नगए पनि अब बन्ने सरकारलाई राप्रपाको समर्थन भने रहने लिङ्देनको भनाई थियो । सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरु सरकारमा नजाने बताएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार