निबन्ध लेखनमा आदर्शकी उषा प्रथम

विहीबार, ११ असोज २०८०
इलाम, असोज / बिश्व पर्यटन दिवसको अवसरमा इलाममा इलाम नगर पर्यटन प्रवर्द्धन समिति इलामले आयोजना गरेको “इलाममा पर्यटन बिकासको अवसर र चुनौतीहरु” बिषयक निबन्धलेखन प्रतियोगीतामा आदर्श माविकी उषा भट्टराई प्रथम भएकी छन् । त्यस्तै हेरिटेज नेशनल एकेडमीका प्रशान्त कठेत छेत्री, दोस्रो भएका छन् । इलाम माविकी आकृति राई तेस्रो र जुबिलेंट इलाइट एकेडमी आकृति लिम्बुले शान्त्वना हुँदै नगद पुरस्कार र प्रमाणपत्र हात पारेका छन् । उनीहरुलाई कार्यक्रमका अतिथिहरुले नगद तथा प्रमाणपत्र बितरण गरेका थिए । बिस्व पर्यटन दिवसको अवसरमा प्रसारप्रचारमा उल्लेख्य योगदान गरेको भन्दैका केही सामाजिक सञ्जाल तथा संघसंस्थालाई समेत सम्मान पत्र वितरण गरिएको थियो । इलाम नगरपालिका नगर पर्यटन प्रवर्दन समिति, इलाम उध्योग बाणिज्य सङ्घ, केचना कन्चङजङ्घा पर्यटन बिकास समिति द्वारा आयोजित कार्यक्रममा सम्मान पत्र बितरण गरिएको नगर पर्यटन प्रवर्द्धन समिति इलामका सचिव अर्जुन पोख्रेलले जानकारी दिए । कार्यक्रम इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार