लुइस सुआरेज ब्राजिली क्लब ग्रेमियोमा अनुबन्धित

आइतबार, १७ पुस २०७९
उरुग्वेका भेट्रान फरवार्ड लुइस सुआरेजले ब्राजिली सिरी ‘ए’ क्लब ग्रेमियोमा अनुबन्धित भएका छन् ।ग्रेमियोले सुआरेजलाई फ्रि ट्रान्सफरमा २ वर्षकाे लागि क्लबमा अनुबन्ध गरेकाे हाे । अब उनी सन् २०२४ को अन्त्यसम्म ग्रेमियाेमा हुनेछ । ३५ वर्षीय सुआरेजले कागजी र मेडिकल प्रक्रिया पुरा गरेपछि ग्रेमियोले उनलाई क्लबमा सार्वजनिक गरेको हो । उनले ग्रेमियोमा आफ्नो फेवरेट ९ नम्वरकै जसी लगाउनेछन् । डच क्लब आयाक्स, इंग्लिस क्लब लिभरपुल, क्याटलान क्लब बार्सिलोना र स्पेनिस क्लब एट्लेटिको मड्रिडका पुर्व फरवार्ड सुआरेजले पछिल्लोपटक आफ्नो पुर्व क्लब नेसियोनलका लागि खेलेका थिए । नासियोनलमा दोस्रो सत्रमा तीन महिना बिताएका उनले त्यहाँ रहँदा टोलीलाई उरुग्वेन च्याम्पियनसिप जिताउँदा १६ खेलमा ८ गोल गरे । ग्रेमियोको सन् २०२३ को पहिलो खेल १७ जनवरीमा साओ लुइजसँग हुनेछ । त्यही खेलबाट नै सुआरेजले ब्राजिली सिरी ‘ए’ मा डेब्यु गर्ने सम्भावना छ । पोर्टो एलेग्रे सहरमा रहेको ग्रेमियो गत नोभेम्बरमा सकिएको ब्राजिली सिरी ‘बी’ बाट बढुवा भएको क्लब हो । ‘ग्रेमियोमा यो सुन्दर चुनौतीको लागि तयार छु । म त्यहाँ आउन र यसको आनन्द लिन पाउँदा उत्साहित छु ।’ सुआरेजले ट्वीट गरेका छन् । सुआरेजले आयाक्सबाट १५९ खेलमा १११ गोल, लिभरपुलबाट १३३ खेलमा २ गोल, बार्सिलोनाबाट २३ खेलमा १९८ गोल र एट्लेटिको मड्रिडबाट ८३ खेलमा ३४ गोल गरेका छन् । सुआरेजले गत डिसेम्वरमा सम्पन्न फिफा विश्वकप कतार २०२२ मा समूह चरणको तीनै खेल खेलेपनि गोल गर्न सकेनन् । उरुग्वे समूह चरणबाटै बाहिरिएको थियो । सन् २००७ देखि उरुग्वेको टोलीमा रहेका सुआरेजले १३७ खेलमा ६८ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार