प्रदेश १: माओवादी केन्द्र तत्काल सरकारमा नजाने

सोमबार, २५ पुस २०७९
नेकपा (माओवादी केन्द्र) प्रदेश १ तत्काल एमाले नेतृत्वको सरकारमा नजाने भएको छ । माओवादी केन्द्रले सत्ता साझेदार दलको केन्द्रको निर्णयप्रति असन्तुष्टि जनाउदै सरकारमा सहभागी नहुने बताएको हो । केन्द्रीय नेतृत्वले भागबन्डा गर्दा प्रदेश १ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने सहमति गरेपछि नेकपा माओवादी केन्द्र तत्काल सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागिताका लागि माओवादी केन्द्रले  निर्णय पुनरावलोकन हुनुपर्ने सर्त राखेकाे बताइएको छ ।  माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले निर्णय पुनरावलोकन नभएसम्म सरकारमा सहभागी नहुने बताए । आधा/आधा कार्यकाल हुनुपर्ने माओवादी केन्द्रको माग छ । आङ्बोले केन्द्रको सहमतिले प्रदेशमा माओवादी पार्टीको अपमान भएको बताए । आङ्बोले मुख्यमन्त्रीमा आलोपालो हुने बताउँदै आएका थिए । तर आइतबार साझ बसेकाे सत्तारुढ गठबन्धनको बैठकले प्रदेश १ मा पाँच वर्ष नै एमालेलाई दिने सहमति गरेको थियो । <span;>एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नै मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनको शपथग्रहण छ । आज उनले सानो आकारको मन्त्रीमण्डल पनि विस्तार गर्ने तयारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार