विमान दुर्घटना:बेपत्ता मध्य एउटा शव भेटियो, एकजना अझै अज्ञात

मंगलबार, ०३ माघ २०७९
पोखरामा भएको यती एयरको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ । दुर्घटनास्थलबाट ७०० मिटर तल सेती नदीमा महिलाको शव भेटिएको हो । यो सँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अजय केसीले जानकी दिए । बेपत्ता १ जनाको पनि खोजी जारी रहेको एसपी केसीले जानकारी दिएका छन् । मंगलबार बिहानैबाट गोताखोर र ४ वटा ड्रोनको प्रयोग गरेर खोजी थालिएको थियो । ७२ जना चढेको विमान दुर्घटनामा परेका एकजनाको अवस्था अज्ञात छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार