छ वर्षदेखि फरार मानव बेचबिखन मुद्दाकी प्रतिवादी विराटनगरबाट पक्राउ

शनिबार, २७ मंसिर २०८२

विराटनगर : मानव बेचबिखन तथा ओसारपसार मुद्दामा लामो समयदेखि फरार रहेकी एक जना महिलालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–७ घर भई ‘पनिता महता’ नामले चिनिने ४८ वर्षीया लेसनकुमारी नेपालीलाई शनिबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राईको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका–१४ बाट करिब दिउँसो ३ बजे उनलाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार नेपालीविरुद्ध २०७६ साल असोज ७ गते इलाका प्रहरी कार्यालय रानीमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएलगत्तै उनी फरार रहँदै आएकी थिइन् । निरन्तर खोजतलासपछि करिब छ वर्षपछि उनलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । 

पक्राउ परेकी नेपालीलाई हाल इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । अदालतबाट म्याद थप गरी घटनासम्बन्धी विस्तृत अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार