राष्ट्र बैंककी महिला कर्मचारी माथी दुर्व्यवहार गरेको आरोपमा निर्देशक थानेश्वर आचार्य बर्खास्त

सोमबार, ०५ चैत्र २०८०
काठमाडौँ -  महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल राष्ट्र बैङ्कले टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरेको छ। चैत ६ देखि लागू हुने गरी आचार्यलाई सेवाबाट हटाइएको राष्ट्र बैङ्क स्रोतले जनाएको छ । राष्ट्र बैङ्कको मानव संसाधन व्यवस्थापन विभागले उनलाई कर्मचारी नियमावली अनुसार हटाएको छ राष्ट्र बैङ्क श्रोतले पुष्टि गरेको छ । पटक–पटक कर्मचारी अनुशासन उल्लङ्घन गरेको भन्दै आचार्यलाई सेवाबाट हटाइएको हो। थानेश्वर आचार्यले आफूलाई दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेर वरिष्ठ महिला कर्मचारीले प्रशासनसमक्ष उजुरी दिएका हुन। आचार्यले गत २७ पुसमा केन्द्रीय बैङ्कका उच्च अधिकारीको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममै उनीमाथि दुर्व्यवहार गरेका थिए। ती महिला कर्मचारीमाथि दुर्व्यवहार गरेपछि राष्ट्र बैङ्कले छानबिन समिति बनाएको थियो। आचार्यले यस अघि स्वदेश तथा विदेशमा पनि यस प्रकारका वितण्डा मच्चाएको राष्ट्र बैङ्क स्रोतले जानकारी दिएको छ । यस्तै प्रकरणमा आचार्यलाई क्यानडा प्रवेशमा रोक लगाइएको जनाइएको छ । छानबिन क्रममा दोषी देखिएका आचार्यलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सेवाबाट हटाएको हो। राष्ट्र बैङ्कको टक्सार महाशाखामा कार्यरत आचार्यमाथि आरोप लागेसँगै उनलाई जिम्मेवारीविहीन बनाइएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार