इलाम / तेस्रो चरणको इलाम साहित्य महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । राजनीति, साहित्य, संस्कृति, सङ्घीयता, चलचित्र, नाटक पर्यटनका विभिन्न विषयमा समाजको बहस सहितको इलाम साहित्य महोत्सव चैत्र १६ र १७ गने इलाम सदरमुकाममा हुँदै छ ।
‘पर्यटनका लागि साहित्य’ भन्ने मूल नारा राखेर आयोजना हुने यो साहित्य महोत्सवको तेस्रो संस्करण पनि हो ।
इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजना तथा इलाम साहित्य समाजको संयोजनमा महोत्सव हुन लागेको हो ।
साहित्यको माध्यम मार्फत पर्यटकीय जिल्ला इलामलाई देश तथा विदेशमा चिनाउन महोत्सव आयोजना गरिएको इलाम नगर साहित्य कला, सङ्गीत प्रतिष्ठानका संयोजक प्रकाश थाम्सुहाङले बताए ।
उनले बाहिरबाट आएका राजनीतिकर्मी, साहित्यकार, पत्रकार लगायतका लेखकहरूले इलामलाई चिनाउन महोत्सव पछि पनि सहयोग गरिरहने बताए ।
नेपाल तथा भारतबाट समेत उल्लेख्य रूपमा राजनीतिकर्मी, लेखक, साहित्यकारहरूको उपस्थिति रहने छ ।
महोत्सवको प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई, विश्वप्रकाश शर्मा, प्रदीप ज्ञवाली र सिके राउत, स्वर्णिम वाग्ले, नबिना लामा लगायतका राजनीतिक कर्मीहरूको समेत उपस्थिति रहने छ ।
साथै चर्चित साहित्यकार, कलाकार, लेखक एवम् विश्लेषकहरूको समेत उपस्थिति रहने छ ।
प्रतिक्रिया