इलाम / इलाम निर्वाचन क्षेत्र नम्बर दुईमा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनका लागि विभिन्न २० दल निर्वाचन आयोगमा दर्ता भएका छन् । केही स्वतन्त्र उम्मेदवार समेत रहेका छन् ।
उपनिर्वाचनका लागि जनता समाजवादी पार्टी (जसपा)ले पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने जनाएको छ ।
जसपा पहिचानसहितको सङ्घीयताको पक्षमा लामो समयदेखि आन्दोलनरत रहेकाले पहिचान पक्षधर उम्मेदवारलाई नै समर्थन गरेको पार्टीले जनाएको छ ।
नेकपा (एमाले) का नेता तथा यस क्षेत्रका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौ २६ मा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया