इलाममा एकीकृत समाजवादीले जित्छ : नेता खनाल

शनिबार, २४ चैत्र २०८०
इलाम / पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झालनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् ।
शनिवार इलाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।  उनले आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने बताएका हुन् ।
अरु पार्टीहरुले उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग उनको आग्रह छ ।
उनले नेपालको राष्ट्रिय राजनीति राम्रो ढङ्गले अलमलिएको बताए ।
पछिल्लो सत्ता गठबन्धनका नेताहरूले बुद्धि पुर्‍याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको उनको जिकिर छ ।
अहिले विचार मिल्नेहरूको बिचमा एकता सत्ता सहकार्य भएकाले लामो समय टिक्ने उनको दाबी छ ।
उनले अहिलेको सत्ता सहकार्य प्रतिस्पर्धाको मात्रै भएको बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार