इस्ट टुरिजम मार्टको चौथो संस्करण बैशाख अन्तिममा

सोमबार, २६ चैत्र २०८०
बिर्तामोड । इस्ट टुरिजम मार्टको चौथो संस्करण यही बैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने भएको छ । झापाको दमकमा भएको प्रारम्भिक बैठकले कार्यक्रमका लागि भवेस श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय समिति समेत गठन गरेको छ । अघिल्ला संस्करणहरु धरानमा हुँदै आएका थिए । यो वर्ष इटहरी, धरान र काँकरभिट्टमा हुने जनाइएको छ । गत वर्ष हुन नसकेको कार्यक्रम यो वर्ष भने ढाँचा परिवर्तन भिन्न गरेर हुने मार्टका सचिव नविन खरेलले जानकारी दिए । नेपाल पर्यटन बोर्डको लगानीमा कोशी प्रदेशका होटल ट्राभल तथा पर्यटनसँग सम्बन्धित सबै व्यवसायीहरुको अपनत्व हुने कार्यक्रममा विदेशी मुलुकका पर्यटन व्यवसायीलाई समेत बोलाएर आन्तरिक पर्यटन प्रवर्धन गर्ने गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार