खोटाङमा शल्यक्रिया सहितको भोलि र पर्सि बृहत् आँखा शिविर हुँदै

मंगलबार, २७ चैत्र २०८०
खोटाङ- खोटाङ जिल्लामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सहितको दुई दिने निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । जिल्लास्थित फेमली केयर हस्पिटल दिक्तेल र नवदृष्टि आई हस्पिटल इटहरी–४ सुनसरीको संयुक्त आयोजनामा आगामी चैत्र २८ गते बुधवार र २९ गते बिहीबार दुर्ई दिने निःशुल्क आँखा शिविर सञ्चालन हुने दृष्टि विशेषज्ञ राकेश थापाले जानकारी दिनुभएको छ । आँखा मानव शरीरको अत्यन्त महत्त्वपूर्ण अङ्ग मानिन्छ । उमेर बित्दै गएपछि उमेरजन्य कारण वा अन्य विभिन्न रोगका कारण आँखामा मोतिया विन्दुको समस्या आउने गर्छ । यही समस्यालाई मध्यनजर गर्दै बिरामीहरूको आँखा सम्बन्धी विभिन्न रोगहरूको पहिचान गरी सहज र निःशुल्क उपचार गर्ने हेतुले दिक्तेलस्थित फेमिली केयर हस्पिटलमा चैत्र २८ र २९ गते बिहान ९ः०० बजे देखि बेलुका ४ः०० बजे सम्म आँखा जाँच तथा निःशुल्क शल्यक्रिया शिविर आयोजना गरिएको आयोजकले जानकारी गराएको छ । शिविरमा वरिष्ठ नेत्र विशेषज्ञ डा। विजय गौतमद्वारा आँखाको निःशुल्क शल्यक्रिया गराइने जनाइएको छ । आँखा शिविरका लागि निःशुल्क नाम दर्ता, निःशुल्क आँखा जाँच तथा चस्मा जाँच गरिने, आँखाका बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिने, अप्रेसन पछि निःशुल्क औषधि तथा कालो चस्मा उपलब्ध गराइने आयोजकले जनाएको छ । यसैगरी शल्यक्रिया गर्न नपर्ने तर आँखा कमजोर हुनेहरूका लागि पनि सहुलियत दर (२०%छुट) मा चस्मा उपलब्ध गराइने जनाइएको छ । निःशुल्क आँखा शिविर सञ्चालन हुने भएकाले आँखाका रोगीहरूले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरलाई अवसरको रूपमा सदुपयोग गर्न आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार