कांग्रेस कोशीको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत

मंगलबार, २७ चैत्र २०८०
विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् । संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् । "नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) मा व्यवस्था भए अनुसार तपाईलाई कोशी प्रदेशको संसदीय दलको प्रमुख सचेतकमा मनोनयन गरेको छु । नेपाली काग्रेस प्रदेश सभा संसदीय दलको विधान बमोजिम आफ्‌नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक गर्नुहुनेछ भन्ने विश्वास सहित कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।" पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार