मोरङको उर्लाबारी सिमसारमा डुबेर बालकको मृत्यु

बुधबार, २८ चैत्र २०८०
उर्लाबारी- मोरङको उर्लाबारी –२ स्थित लामपाते सिमसारको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सालबारी सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको सिमसार सो पोखरीमा साथीहरूसँग नुहाउन गएका ११ वर्षीय बालक सूर्य गौतमको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार मोरङको पथरीशनिश्चरे नगरपालिका –१ हनुमानचोकमा हजुरबा हजुरआमासँग बस्दै आएका गौतम ९ जना साथीका साथमा पौडी खेल्न पोखरीमा पुगेका थिए । पथरीबाट ४ किलोमिटर पूर्वउत्तरमा रहेको पोखरीमा पौडी खेल्नेक्रममा उनको मृत्यु भएको दासले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार