विजयीको खुशीयाली मनाइरहेका इटहरीका सक्रिय समाजसेवी सुब्बाको निधन

बुधबार, २८ चैत्र २०८०
इटहरी । सुनसरी इटहरीका सक्रिय समाजसेवी वीरबहादुर सुब्बाको बुधबार विराट नर्सिङ अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा निधन भएको छ । इटहरी २ निवासी सुब्बा अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको थियो । तरहरामा रहेको शान्तिजनकल्याण बहुउदेश्य सहकारी सस्थाका अध्यक्ष तथा तालतलैया बिकास समितिका पूर्वअध्यक्ष समेत रहेका सुब्बा इटहरी क्षेत्रमा सक्रिय समाजसेवीका रुपमा परिचित थिए । गत मङ्गलवार मात्र सम्पन्न इटहरी खानेपानी उपभोक्ता संस्थाको वडागत निर्वाचनबाट अत्यधिक मत ल्याएर विजयी भएका थिए । विजयी भएपश्चात उनी शुभेच्छुकहरुको बधाइ लिइरहेका थिए । तर उनको बुधबार अचानक निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ह्दयघातका कारण उनको निधन भएको अस्पतालले जनाएको छ । सहकारीका उपाध्यक्ष चिन्तामणि सापकोटाका अनुसार लिम्बू शालीन र प्रभावशाली थिए । उनको व्यक्तित्व कुशल रहेको र आफूहरूले अप्रत्याशित रूपमा गुमाउनुपर्दा दुःखी भएको सापकोटाले बताए । ‘उहाँ असल र सरल हुनुहुन्थ्यो,’ उनले भने, ‘समाजकै प्रतिष्ठित व्यक्तिलाई गुमाउनुपर्दा हामीलाई ठूलो क्षति भएको छ ।’ इटहरी क्षेत्रका समाजसेवीसँगै कुशल नेतृत्वकता रूपमा उनको पहिचान थियो । नेकपा एमालेको राजनीतिमा समेत सक्रिय सुब्बा अवकासप्राप्त विद्यालय निरिक्षिक पनि हुन । ग्याष्टिकले च्यापेपछि उपचार गर्नका लागि दिउसो १ बजे अस्पताल भर्ना भएका सुब्बा उपचारका क्रममा मृत्यु भएपछि समग्र इटहरीलाई क्षति भएको सामाजसेवी रमेश अधिकारीले बताए । मङ्गलवार खानेपानीको मत परिणाम सार्वजनिक हुँदा सुब्बा वडामा सबैभन्दा बढि मत ल्याएर विजयी भएको खुशीयाली मनाइरहेका थिए । बुधवार गाउँलेहरूले बधाई दिन घरमा भेला हुँदै गर्दा उनको अकल्पनीय निधन भएको जनाइएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार