इलाम / पहिचानवादी स्वतन्त्र उम्मेद्धारलाई जिताउन धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले आग्रह गरेका छन् । इलाम सदरमुकाममा आयोजित सभालाई सम्बोधन गर्दै उनले स्वतन्त्र उम्मेद्धारले जिते मात्र विकास हुने दाबी गरे ।
कुनै पनि पाटीका उम्मेद्धारले जिते काम गर्न नसक्ने भन्दै उनले स्वतन्त्र उम्मेद्धारले जित्न थालेको बताए ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशमा जनतालाई विभाजन गर्ने षड्यन्त्र मात्र भइरहेका बताए । नेपाली समाज एकजुट हुनु पर्ने बताउने उनले पहिचानले सबैको मुद्दा समेट्ने तर्क गरे ।
कार्यक्रममा उम्मेदवार डकेन्द्रसिंह थेगिमले आफूले यस अघि विभिन्न सङ्घ संस्थामा समेत काम गरेको अनुभव रहेकाले पनि यहाँ इलाम दुईमा आफूले जिते यस क्षेत्रका जनताको आवाज बोल्ने बताए ।
कार्यक्रममा अधिवक्ता स्वागत नेपाल लगायत विभिन्न वक्ताहरूले आफ्नो धारणा राखेका थिए ।
पहिचानवादी पक्षधरहरूले इलाम बजार परिक्रमा पछि कोणसभा गरिएको थियो ।
प्रतिक्रिया