इलाममा साझा युवा उमेद्धार ल्याएका छौ : अध्यक्ष ओली

बुधबार, ०५ बैशाख २०८१
इलाम वैशाख / नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीले देश बनाउन सङ्कल्प बोकेर हिँडेका विद्धान युवा नेतालाई इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर दुइको उपनिर्वाचनमा धेरै पार्टीका साझा उमेद्धारका रूपमा सुहाङ नेम्बाङ्गलाई अगाडी सारेको बताएका छन् । इलामको देउमाई नगरपालिका स्थित मङ्गलबारेमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०७४ पछिको आफ्नो नेतृत्वको सरकारले धेरै विकास निर्माणका कामहरू साथसाथै अगाडी बढाएको बताए । उनले एमालेकै संयोजनमा संविधानमा सङ्घीयता लेखिएको र अहिले विभिन्न भाषा संस्कृतिका कुरा गर्नेहरूलाई नै एमालेले पहिले सो कुरा सुनाएको दाबी गरे । बहु जातीय बहुभाषिक बहुसाँस्कृतिक देश भएकाले यसलाई विवाद विद्धैशको र कलहको विषय नबनाई सामाजिक सद्भाव कायम गर्नुपर्ने र असमानता हटाउन जरुरी भएको उनको भनाई छ । कार्यक्रममा उपनिर्वाचनमा एमालेका उमेद्धार सुहाङ नेम्बाङ्गले आफ्ना पिता स्व सुवास चन्द्र नेम्बाङ्गले छाडेका अधुरा कामलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरे । सभामा एमाले उपाध्यक्ष राम बहादुर थापा बादल, स्थायी कमिटी सदस्य विष्णुमाया तुम्बाहाम्फे, नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्बाङ मिक्सो, नेपाल परिवार दलका एकनाथ ढकाल र नेपाल कम्युनिस्ट पार्टीका होम सिले सुहाङ नेम्बाङ्ग सबै पार्टीका साझा उमेद्धार भएकाले धेरै मतान्तरमा विजयी गराउन मतदाताहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार