इलाम : वैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरू लागिरहेको बेला नेपालको पूर्ब प्रधानमन्त्री डा.बाबुराम भट्टराई, अभियन्ता स्वागत नेपालदेखि लेखक युग पाठकसम्म साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन भोट मागिरहेका छन् ।
निर्वाचन चिन्ह मुढा पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बू नेपालमा स्थापित अभियन्ता र राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा चर्चित कलाकारहरूको साथमा गाउँ टोलमा पुग्दा समर्थक÷शुभेक्छुकहरुको भिड लाग्ने गरेको छ ।
चुनावी सभाहरूमा डकेन्द्रसिंह थेगिम लिम्बूले आफू निर्वाचित भएर गएपछि देशमा हुँदै आएको भ्रष्ट्राचारको विरुद्ध आवाज बुलन्द गर्ने, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा लाग्ने, ६ वटा प्रदेशको नाम पहिचानको आधारमा पुन नामाङ्कनको लागि माहौल तयार गर्ने, मजदुर, किसान, उत्पीडित वर्ग खस÷आर्य समुदायको पक्षमा कानुन निर्माणको साथै सांसदबाट आवाज बुलन्द गर्ने प्रतिबद्धता गर्दै आएका छन् ।
केही वर्षदेखि एमाले, काँग्रेस, माओवादी केन्द्र, रास्वपा लगायत पार्टीका नेताहरू जनताको चाहना विपरीत भ्रष्ट्राचार, कमिसन र अनियमितता गरेको मुद्दा अख्तियार, अदालत र मिडीहरूमा बग्रेल्ती आइरहेका छन् ।
आफ्नै कार्यकर्तासँग सांस्कृतिक विचलन (यौन कार्य) गरेको मुद्धाहरु प्रशस्त मिडियाहरूमा आइरहेका छन् ।
यसै गरी राष्ट्रिय जनमुक्ति पार्टीको अध्यक्ष केपी पालुङ्गा, महासचिव पदम जबेगु, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक), जसपाका नेता खगेन्द्र माखिम÷जेन्टल लावती, नागरिक उन्मुक्ति पार्टीका महासचिव दिलकुमार लावती÷पदम अधिकारी, केन्द्रीय सदस्य भबिराज लिम्बूलगायत पार्टीका नेताहरू स्वतन्त्र उमेद्वारलाई जिताउन फिल्डमा खटिरहेका छन् ।
किरात याक्थुङ चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम एक्तेन, किरात राई यायोक्खा उपाध्यक्ष युवाराज राई, राकेश राई, महासचिव भीम राई, पहिचानको आधारमा प्रदेश नं. १ को पुन नामकरण अभियान समिति प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिमा आबद्ध ४१ घटक चुनावी अभियानमा लागिरहेका छन् ।
राप्रपाका नेता ज्ञानेन्द्र शाहीले समेत आफ्नो पार्टीलाई भोट नदिनेहरूलाई साझा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई भोट लिनु भनेको भिडियो क्लिप भाइरल भइरहेको छ ।
किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राई, नेपाल आदिवासी जनजाति महासङ्घको केन्द्रीय अध्यक्ष गेल्जे शेर्पा लगायतले स्वतन्त्र उमेद्वारलाई जिताउन पहल गरिरहेका छन् ।
प्रतिक्रिया