निर्वाचनको अन्तिम तयारी गर्दै कार्यालय

सोमबार, १० बैशाख २०८१
इलाम / उपनिर्वाचन हुने दिन नजिकिएसँगै जिल्ला निर्वाचन कार्यालय इलाम पनि अन्तिम तयारीमा जुटेको छ । वैशाख १५ को उप–निर्वाचन हुने मिति नजिकिएसँगै कार्यालय समेत अन्तिम तयारीमा जुटेको हो । निर्वाचनमा खटिने कर्मचारीहरूको व्यवस्थापनमा समेत लागिएको बताइएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई निर्वाचन सम्बन्धी तालिम लगायतका कार्य गरिरहेको बताइएको छ । तालिम पछि वैशाख ११ गते मतदानका लागि आवश्यक सामग्रीहरू दिइने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयले इलाम– २ मा रहेको ७९ मतदान स्थलका एक सय ४९ केन्द्रमा खटिने २९८ र जगेडा अन्य गरी करिब तीन सय सात जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिमको तयारी जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले बताए ।मतदान केन्द्रमा ४० किसिमका सामग्री पठाइने बताइएको छ । उप निर्वाचन हुने इलाम – २ मा छ वटा स्थानीय तह रहेका छन् । यहाँ ४२ वटा वडामा ७९ मतदान स्थल र १४९ मतदान केन्द्र छन् । ५६ हजार ८६९ महिला, ५९ हजार ०१८ पुरुष, दुई अन्य गरी एक लाख १५ हजार ८८९ मतदाता रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार